हिन्दुहरुको बिहेको मुख्य विधि भनेको सिन्दूर हाल्नु भएझै तामाङहरुको बिहेको मुख्य विधि ‘चारदाम’ को बिषयलाई मुख्य कथा बनाएर मिर्माण गरिएको तामाङ चलचित्र ‘चारदाम’ को पोस्टर सार्वजनिक भएको छ । कोशी भिजनको ब्यानरमा निर्माण भएको ‘चारदाम’ लाई लाखमान योन्जनले लेखन तथा निर्देशन गरेका छन । योन्जनले यस अघी थुप्रै तामाङको जातित्व झल्काउने,तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले थुप्रै चलचित्र निर्माण तथा निर्देशन गरेका छन । तर यस पटक भने पछील्लो समय तामाङ जातीहरुबिचको बैबाहिक रिती थिती मा आधारित रहेर ‘चारदाम’ निर्माण गरेको निर्देशक योन्जनले बताए । चारदाम भनेको कुटुम्ब अर्थात बेहुला र माईती बिचको बाचा वा सम्झौता हो योन्जनले थपे ।सार्वजनिक पोस्टरहरुमा फिल्मका प्रमुख कलाकारहरुलाई अटाइएको छ ।
मोहन लोप्चन तामाङ प्रस्तुतकर्ता रहेको ‘चारदाम’ मा सुकुमाया मोक्तान तामाङ, सुवास योन्जन तामाङ, शान्ती पाख्रीन, मदन राई, पुर्ण लिम्बू, मोहन लोप्चन, मेनुका राई, कुमारी लिम्बू, सुम्निमा तामाङ लगायत कलाकारहरुको अभिनय रहेको छ । यतिबेला पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको फिल्मका लेखक तथा निर्देशक लाखमान योन्जन तामाङले जानकारी गराए । योन्जनका अनुसार चाडैं इटहरीको इलाइट सिनेमा हलमा विशेष प्रदर्शनी गरिने तयारी भैरहेको छ । आउँदो तिहार अगाडि नै ट्रेलर र एक गीत सार्वजनिक गर्न लागेको फिल्म युनिटले ‘चारदाम’को सम्पुर्ण डिजिटल राइट्स ओएसआर डिजिटललाई बिक्री गरेको छ । ‘चारदाम’ लाई आगामी मङ्सिरको पहिलो साता देशव्यापी प्रदर्सन गर्ने निर्माण युनिटको योजना रहेको छ । भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायांकन गरिएको यो फिल्ममा ३ ओटा गीत समावेश छ । दिपक लिम्बू र मुना ठटालले गीत गाएका छन् भने प्रेम कृष्ण बजगाईले संगीत गरेको गीतमा बजगाई र निर्देशक लाखमानको शब्द समावेश गरिएको छ । गीतहरुमा एरेन्ज राजु कार्की र जोनी तामाङले गरेका छन् । ‘चारदाम’ लाई कोशी भिजनकै सुमन तामाङले छायांकन तथा हेमन तामाङले सम्पादन गरेका छन ।