ब्लक बस्टर चलचित्र ‘लुट’ निर्देशक निस्चल बस्नेतले निर्देशन गरेको चलचित्र ‘दिमाग खराब’ को ट्रेलर रिलिज भएको छ । पछील्लो समय रिलिज चलचित्रहरुमा प्राय केन्द्रिय राजनिती देखाइएपनी ‘दिमाग खराब’ मा भने स्थानिय सरकार मेयरले स्थानियलाई कसरी मुठ्ठीमा राखेका छन भन्ने प्रस्तुत गरेका छन । नेपालमा गणतन्त्र आए संगै गाउ गाउमा सिंहदरबार भन्ने नारा भएपनी फिल्ममा भने गाउ गाउ मा सिंह जन्मेको कथालाई प्रस्तुत गरीएकोछ । सार्वजनिक ट्रेलरले एक भूईमान्छे कसरी देशमा नियमकानुनका बाबजुत मुठ्ठीभरका भ्रष्ट सत्ताधारीबाट शोषित र पीडित छन् भन्ने विषयको नेपथ्यमा उसले सोका विरुद्ध गर्ने संघर्षको कथालाई गज्जबके पेश गरेकोछ ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ । निर्देशक निश्चल बस्नेत र अभिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भुमिकामा देखिएका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । तिहारको अवसर पारेर आगामी कार्तिक २४ गतेबाट प्रदर्शनमा आउने सिनेमामा रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।