चर्चित चलचित्र निर्माता, निर्देशक तथा कलाकार सन्तोष सेनको निर्देशन रहने चलचित्र ‘बलिदान’ को थिम पोस्टर सार्वजनिक भएको छ । अगामी २०८१ को दसैं फुलपातीको दिन प्रदर्शनको मिती तय गर्दै थिम पोस्टर सार्वजनिक गरिएको हो । ‘बलिदान’ निर्देशक सन्तोष सेनले सामाजिक सन्जाल फेसबुकमा पोस्ट गर्दै लेखेका छन ‘विजय दशमीको सुभकामना सहित हामी आम नागरिको कथा ..…यो महा कथा हो…आजको हिजोको र हामी सचेत भएनौ भने भोलिको पनि ॥अनि यहाँको त्यहाँको र हामी सचेत भएनौ भने जहाँको पनि॥ देश हुन्छ, समय र स्थान हुन्छ, देशले पाउने र दिने अधिकार हुन्छन् ,एक थरीलाई ती अधिकार प्रयोग गर्न दिइएको हुन्छ एकथरी नपाएर किनारिएका हुन्छन् । खुम्चिनेहरु बाँच्ने अधिकार नपाई रहँदा एकदिन क्रान्तिको आगो बल्छ, मोचनको हुङकार उठ्छ तर क्रान्तिको जाँतोमा आफ्ना स्वार्थको दाल दल्ने देशी बिदेशी कुटिलहरुको प्रवेश हुँदा टुसाउन लागेको प्रेम र फक्रिन लागेको समाज च्यातचुत पार्न थालिन्छ ,। अनि हिरण्यलाई नरसिंहलेझैं चिथोर्ने एक युग पुरुषको आह्वान गर्छिन्. धर्तीमाता जसले देशी विदेशी दलालहरुको बलि चडाउनेछ ..“परिवर्तन र पहिचानको नाममा विभिन्न कालमा आम नागरिकले आफ्नो बली दिएकै हो” खै परिवर्तन ? खै हाम्रो पहिचान..? अब अत्ती भयो ….”
सुपर हिट चलचित्र हरु चंखे संखे पंखे, प्रेमगीत ,प्रेमगीत -२, मेरी मामु, प्रेम गीत -३ चलचित्रहरु निर्माण गरिसकेको आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको मेघा प्रोजेक्ट”बलिदान” लाई लिइएको छ । आसुसेन प्राली तथा सन्तोष सेनको प्रस्तुती रहने यस चलचित्रमा निर्देशकको जिम्मेबारी निर्माता/ निर्देशक सन्तोष सेनलाई , निर्माताको रुपमा पवन ब्राडफोर्ड बिष्ट तथा लेखकको भूमिकामा त्रिविका प्रोफ़ेसर , लेखक एवम् साधक दर्शन जी, स्क्रिप्ट डक्टरको रुपमा मनोज पण्डित, कार्यकारी निर्माता तर्फ चक्र ब. चन्द र प्रेम पुरी रहनेछन । प्रेम गीत सिरिजको तेस्रो संस्करण सम्म हिट भएको र प्रेम गीत -४ को निर्माणगर्ने सबैको अडकल बाजी भएपनी सेनले अब प्रेम गीत -४ निर्माण थाती राख्दै ‘बलिदान’ निर्माण गर्ने घोषणा गरेका हुन । ‘बलिदान’को छायांकन भने तिहारपछि हुने सेनले जानकारी दिए । केही महिना अघी ७ ओटा गाडी जलाएर ‘बलिदान’ को टिजर छायांकन भइसकेको छ । सोसियो-पोलिटिकल ड्रामा जनरामा राखिएको फिल्मले राजनीतिक र सामाजिक परिवर्तनका लागि प्राण उत्सर्ग गर्ने नागरिकको संघर्षको कथा पेश गर्ने र मधेश आन्दोलनको एक महत्वपूर्ण घटनामा आधारित रहेर बनाउन लागिएको सेनले बताए ।
६ करोड बजेट बताइएको यो फिल्मको मधेश प्रदेशका विभिन्न स्थानमा छायांकन गर्ने तयारी छ ।फिल्म राजनीतिक कथावस्तुबारेमा आधारित नरहेको सेनले बताए ।‘कथावस्तु वर्तमान राजनीतिबारे नभएको सेनको भनाइ छ । कथा वास्तविक हुने यस्को लागी यतीबेला स्क्रिप्ट राइटर अनुसन्धानमा छन, हातहतियार र घटनाबारे रिसर्च भैरहेको सेनको भनाइ छ । मधेशी र पहाडीबीचको द्वन्द्व किन थियो र किन भयो भन्ने बिषयमा फिल्म बन्न लागेको सेनको भनाइ छ । नेपाली हामी एक हौं भन्ने सन्देश फिल्मले दिने सेनको दावी छ । सेनका अनुसार फिल्ममा देशका चर्चित कलाकारहरु रहेपनी प्रदिप खडका रहने या नरहने भन्ने खुलाउन चाहेनन । फिल्मको निर्देशक र कलाकारबारे खुलाइएको छैन । यसबारे चाँडै विस्तृत घोषणा गर्ने आशुसेन फिल्म्सको तयारी रहेको छ ।