अभिनेता अनमोल केसी पक्राउ परेका छन् । अपराधिक विश्वासघात गरेकाे आरोपमा केसीलाई भक्तपुरको साँगाबाट प्रहरीले पक्राउ गरेकाे स्रोतले बतायो ।केसी ‘रावायण’ फिल्मका लागि दस लाख एड्भान्स लिएर साइन गरेका थिए । तर, आफूले साइन गर्दै नगरेको, फिल्ममा सम्झौता नै नभएको भनेर हिँड्दै आएपछि फिल्मकी निर्माता सुप्रिया कटुवालले प्रहरी अपराध महाशाखा बानेश्वरमा असाेज ८ गते उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा अभिनेता केसी पक्राउ परेका हुन् ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।