चर्चित चलचित्र निर्माता, निर्देशक तथा कलाकार सन्तोष सेनले चलचित्र ‘बलिदान’ निर्माण गर्ने भएका छन । प्रेम गीत सिरिजको तेस्रो संस्करण सम्म हिट भएको र प्रेम गीत -४ को निर्माणगर्ने सबैको अडकल बाजी भएपनी सेनले अब प्रेम गीत -४ निर्माण थाती राख्दै ‘बलिदान’ निर्माण गर्ने घोषणा गरेका हुन । ‘बलिदान’को छायांकन भने तिहारपछि हुने सेनले जानकारी दिए । केही महिना अघी ७ ओटा गाडी जलाएर ‘बलिदान’ को टिजर छायांकन भइसकेको छ । सोसियो-पोलिटिकल ड्रामा जनरामा राखिएको फिल्मले राजनीतिक र सामाजिक परिवर्तनका लागि प्राण उत्सर्ग गर्ने नागरिकको संघर्षको कथा पेश गर्ने र मधेश आन्दोलनको एक महत्वपूर्ण घटनामा आधारित रहेर बनाउन लागिएको सेनले बताए । ६ करोड बजेट बताइएको यो फिल्मको मधेश प्रदेशका विभिन्न स्थानमा छायांकन गर्ने तयारी छ ।
फिल्म राजनीतिक कथावस्तुबारेमा आधारित नरहेको सेनले बताए ।
‘कथावस्तु वर्तमान राजनीतिबारे नभएको सेनको भनाइ छ । कथा वास्तविक हुने यस्को लागी यतीबेला स्क्रिप्ट राइटर अनुसन्धानमा छन, हातहतियार र घटनाबारे रिसर्च भैरहेको सेनको भनाइ छ । मधेशी र पहाडीबीचको द्वन्द्व किन थियो र किन भयो भन्ने बिषयमा फिल्म बन्न लागेको सेनको भनाइ छ । नेपाली हामी एक हौं भन्ने सन्देश फिल्मले दिने सेनको दावी छ । सेनका अनुसार फिल्ममा देशका चर्चित कलाकारहरु रहेपनी प्रदिप खडका रहने या नरहने भन्ने खुलाउन चाहेनन । फिल्मको निर्देशक र कलाकारबारे खुलाइएको छैन । यसबारे चाँडै विस्तृत घोषणा गर्ने आशुसेन फिल्म्सको तयारी रहेको छ ।