Friday, May 23, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

उच्च शिक्षाको लागि विदेशिनेको कथा ‘परदेशी २’ असोज २६ मा

निर्देशक नारायण रायमाझी निर्देशित चलचित्र परदेशी २ ले शुक्रबार चितवनका पत्रकारहरुसँग अन्तर्कृया गरेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० अशोज ६ गते ०९:०३ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
उच्च शिक्षाको लागि विदेशिनेको कथा ‘परदेशी २’ असोज २६ मा
45
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । वरिष्ठ लोकगायक तथा गोर्खा पल्टन र परदेशीजस्ता सफल चलचित्र बनाइसकेका गायक तथा निर्देशक नारायण रायमाझी निर्देशित चलचित्र परदेशी २ ले शुक्रबार चितवनका पत्रकारहरुसँग अन्तर्कृया गरेको छ ।यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रले विदेशमा पढ्न जाने विद्यार्थीहरुको कथा बोकेको बताएको छ । चलचित्रका निर्देशक नारायण रायमाझीले परदेशी र परदेशी २ को कथा भन्ने शैली एकै भएता पनि कथावस्तु विल्कुलै फरक रहेको जानकारी दिए । कथाले हरेक उच्च शिक्षाका लागि परदेशीने नेपालीको विदेश भोगाईलाई दुरुस्तै कथामा उतारेको रायमाझीले बताए ।गीतसंगीतलाई चलचित्र जसरी छनक दिने गायक तथा संगीतकार एवम् परदेशी २ बाट पहिलो पटक चलचित्रमा पाइला चालेका नायक प्रकाश सपुतले चलचित्रको कथा भन्ने शैली र कथावस्तु अत्यन्तै सरल रहेर जोडिएको जानकारी दिए । गीतसंगीत गर्नु र चलचित्र गर्नु विल्कुलै फरक रहेको र परदेशी २ मा जोडिँदा चुनौती नै मोलेर यस चलचित्रमा आवद्ध भएको उनले बताए । ‘नारायण सर र म गीतसंगीत कै भएकाले काम गर्न त्यति असहज भएन’ सपुतले भने । चलचित्रमा उनलाई एउटा विदेशिने विद्यार्थीको भूमिकामा देखिने जानकारी दिए । परदेश हुदाँ घर, साथी, पढाई साथै काममा हुने भोगाइ र यादहरुलाई चित्रण गरिएको उनले बताए ।

नायिका केकी अधिकारीले चलचित्रको सबैभन्दा बलियो पक्ष भनेको गीत र कथा नै रहेको जनाइन् । चलचित्रमा एकजना परदेशी हुँदा उसको परिवार त सधै उसको पर्खाइमा रहने भयो तर उसँग जोडिएको उसको प्रेमलाई पनि चलचित्रमा देखाएको उनले बताइन् । साथै देशमै गरे यही सुन फल्छ भन्ने मूलमर्म चलचित्रले बोकेको अधिकारीले बताइन् ।चलचित्रमा प्रकाश सपुत, केकी अधिकारी र वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, प्रशान्त तामाङ, दीलिप रायमाझी, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्कीलगायतको अभिनय छ । राजेश बंशल (अग्रवाल) र नारायण रायमाझीले संयुक्त रुपमा चलचित्रको निर्माण गरेका हुन् ।
मानकृष्ण महर्जनको छायांकन, बिबी अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व, श्यामश्वेत रसाईलीको साउण्ड डिजाइन र मिक्सिङ, दीर्घ खड्काको सम्पादन रहेको छ । चलचित्र युनिटले बिहीबार र शुक्रबार चितवनमा केही कलेजहरुमा ‘विदाई’ शीर्षकको गिती नाटक प्रस्तुत गरेको थियो ।
कार्यक्रम चलचित्र पत्रकार संघ चितवन शाखाका अध्यक्ष गोविन्द अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Previous Post

‘प्रदेशी -२’ का कलाकारहरू बस चढेर देश दौडाहामा

Next Post

बिपिन कार्की   स्वस्तिमा खडका सँग शरण माग्दै पशुपतिमा भेटिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘जन्ते बाख्रो’ को गीत मुकुम मुकुम मा बाख्राको मुखुण्डो लगाएर नाचे सौगात

चलचित्र ‘जन्ते बाख्रो’ को गीत मुकुम मुकुम मा बाख्राको मुखुण्डो लगाएर नाचे सौगात

by हंगामा खबर
२०८२ जेष्ठ ८ गते १८:३८ बजे प्रकाशित
0

भारतीय गोर्खा भुतपुर्व सैनिकहरुले धरानमा व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने

भारतीय गोर्खा भुतपुर्व सैनिकहरुले धरानमा व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने

by हंगामा खबर
२०८२ जेष्ठ ८ गते १८:०५ बजे प्रकाशित
0

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

व्यस्त दिव्या,एक्सन नायकहरुसँग राम नाम सत्य मा अनुन्धित भईन

by हंगामा खबर
२०८२ जेष्ठ ७ गते १०:५३ बजे प्रकाशित
0

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

सहकारीबाट ठगिएका निर्दोष जनताको पिडा पस्किने चलचित्र ‘महाभोज’ को ट्रेलर रिलिज

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १५:३५ बजे प्रकाशित
0

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

‘ऊनको स्वीटर’ फूलझैँ सिँगारिएको एकान्त घर र बिरामी याकको अमर कथा

by हंगामा खबर
२०८२ जेष्ठ ५ गते १०:११ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
error: Content is protected !!

Add New Playlist