यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ का कलाकारहरू आजबाट देश दौडाहामा निस्किएकोछ । बर्षकै प्रतिक्षित चलचित्र मध्ये रिलिजको तयारीमा रहेको ‘प्रदेशी -२’ ले पहिलो चरणमा चितवन, नेपालगञ्ज, वुटवल र पोखरामा बिभिन्न कार्यक्रम गरेर प्रचारप्रसार गर्ने भएको छ । दर्शकको प्रतिक्षित चलचित्र बनेपनी रिलिज मिती सरेको सर्यै गरेपछी एक बर्षपछी भन्ने रिलीज मिती टुङ्गो लागेर यही असोज २६ गते फुलपातीको दिन रिलिज हुँदैछ । प्रचारप्रसारमा निस्कनु अघिल्लो दिन एक स्याड भर्सनको गीत ‘हिजो काम आज काम’ बोलको परदेशीको पीडा र बाध्यता बोल्ने गीत रिलिज भएको छ । सतिश चापागाईँको शब्द रचना, बिबि अनुरागीको संगीत तथा प्रशान्त तामाङको स्वर रहेको छ । प्रशान्त फिल्मका मुख्य अभिनेता समेत हुन् । उक्त गीतमा फिल्मको कथासार बुझाउने केही मनछुने संवाद समेत समावेश छन् ।
फिल्मले प्रदेशीको पिडालाई मुख्य बिषयबस्तु बनाएको छ । अलिक फरक तरिकाले प्रचार प्रसार गर्नको लागी तयारी बहेको टिमले देशका बिभिन्न शहरहरुका स्कुल कलेजमा गएर फिल्मको थिम बोल्ने नाटक प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । प्रचार प्रसारको टिममा निर्देशक नारायण रायमाझी, कलाकारहरु प्रकाश सपूत , केकी अधिकारी लगायतकलाकारहरुको उपस्थिती रहनेछ । दशैंको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा नीर शाह, प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा सिवाकोटी, रमा थपलिया, सबिन बास्तोता, देवेन्द्र बब्लु लगायतको अभिनय छ । नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा गीतकार तथा संगीतकार रमेश विजीको लेखन छ । फिल्मले उच्च शिक्षाका लागि विदेशिन बाध्य विद्यार्थीहरुको कथालाई प्रस्तुत गरेको छ ।