Wednesday, December 6, 2023
HangamaKhabar
Advertisement
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चर्चित मोडल बिमलेशको निर्देशनमा ‘ह्याप्पी डिभोर्स’ बन्ने

बिमलेशले आफ्नै कन्सेप्टमा निर्देशन गर्न लागेका चलचित्रको नाम हो 'ह्याप्पी डिभोर्स'

हंगामा खबर by हंगामा खबर
२०८० अशोज ४ गते १६:१२ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चर्चित मोडल बिमलेशको निर्देशनमा ‘ह्याप्पी डिभोर्स’ बन्ने
38
SHARES
Share on FacebookShare on Twitter

एक समय निकै चर्चित मोडल तथा अभिनेता बिमलेश अधिकारी आफ्नो कर्मथलो अमेरिका छाडेर नेपाल आएका छन । दर्जनौ हिट म्युजिक भिडियो र च्लचित्रमा अभिनय गरेका बिमलेश यतीबेला चलचित्रको निर्देशक बन्ने तयारीमा छन । ‘तुलसी’, ‘मुटु’, ‘ब्रेकफेल’, ‘मेरो बेष्ट फ्रेन्ड’, ‘को हुँ म ?’ लगायतका सिनेमामा पनि अभिनय गरेका बिमलेशले आफ्नै कन्सेप्टमा निर्देशन गर्न लागेका चलचित्रको नाम हो ‘ह्याप्पी डिभोर्स’ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो निर्देशनमा निर्माण हुने सिनेमाको शिर्षक तथा मुख्य कलाकारसहितको टिम चिनाएका छन् । उनले निर्देशन तथा अभिनय गर्ने सिनेमाको नाम ‘ह्याप्पी डिभोर्स’ राखिएको छ । सिनेमामा उनका अलवा केकी अधिकारी र रीमा विश्वकर्माको पनि मुख्य भुमिका रहनेछ । अर्को बर्ष अर्थात् २०२४ को जनवरीमा छायांकनमा जाने सिनेमाको रिलिज समेत यही बर्ष गरिनेछ । सिनेमा अन्य केही कलाकारहरु अनुबन्धित गर्न बाँकी नै रहेको अभिनेता अधिकारीले बताए ।

मंगलबार नै सिनेमाको कथासार बुझाउने म्युजिकल प्रिभ्यु समेत सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक म्युजिकल प्रिभ्युमा मुख्य कलाकार केकी अधिकारी र रीमा विश्वकर्माका अलवा निर्देशक अधिकारी समेत देखिएका छन् । विशाल पोखरेलको संगीतमा तयार भएको शिर्ष गीतमा सुरेश लामा र ममता गुरुङको स्वर सुन्न सकिन्छ ।निर्देशक तथा अधिकारीको कन्सेप्टमा निर्माण हुने सिनेमाले नयाँ सुरुवात, स्वतन्त्रता र राम्रो भविष्यको कथा भन्ने छ । साथै, राम्रैसँग चलिरहेको एक जोडीको वर्तमान अवस्था र त्यसलाई भविष्यमा अझै राम्रो बनाउन चाल्ने कदमलाई नजिकबाट देखाउन प्रयास आफ्नो टिमको रहने निर्देशक अधिकारी बताउँछन् । लामो समयदेखि आफ्नो दिमागमा खेलिरहेको एउटा सुन्दर कथालाई दर्शकमाझ प्रस्तुत गर्न लागेको विमलेशको दाबी छ ।

अभिनेत्री केकी अधिकारीले पनि समाजलाई डिभोर्स सहज बाटो हो भन्ने सन्देश सिनेमाले नदिने बताइन् । हाम्रो समाजले अझै पनि डिभोर्सलाई सहज रुपमा स्विकार गरिसकेको छैन् । त्यसैले पनि समाजमा गलत सन्देश नपुगोस भन्ने कुरामा आफुहरु सजग रहेको उल्लेख गरिन् ।यता अभिनेत्री रीमा विश्वकर्माले पनि सिनेमाले डिभोर्स नै समस्याको समाधान नरहेपनि जिवनमा आइपर्ने अप्ठेरा पाटोलाई कुनै न कुनै रुपमा अगाडी बढ्न सिकाउने बताइन् । एउटा मान्छेले कहिल्यै पनि करियर र परिवारलाई एकसाथ अगाडी बढाउन खोज्दा करियर र परिवारमा एउटा रोज्नु पर्ने परिस्थितिलाई सिनेमाले नजिकबाट देखाउने दाबी गरिन् ।सेभेन कलर्स डिजिटलको व्यानरमा निर्माण हुने सिनेमामा नवराज उप्रेतीको छायांकन, पुष्करमणि राईको पटकथा, सोनी सिंजाली मगरको ड्रेस डिजाइन, विशाल मोक्तानको मेकअप, सागबाबु भट्टको सहायक निर्देशन, दिपेन गौतम प्रोडक्सन म्यानेजर र कलर तथा सम्पादन टेकेन्द शाहको रहनेछ ।कुनै बेला म्यूजिक भिडियोमा निकै रुचाइएका विमलेश पछिल्लो पटक २०७३ सालमा प्रदर्शनमा आएको सिनेमा ‘जंगबहादुरको कोट’मा देखिएका थिए ।

Previous Post

‘दिमाग खराब’को पहिलो लिरिकल गीत सार्वजनिक

Next Post

कोशी प्रदेश प्रहरीलाई बिपद सामग्री हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर

अहिलेको पुस्ताको प्रेम देखाउने  ‘दुई कदम’ ट्रेलर

अहिलेको पुस्ताको प्रेम देखाउने ‘दुई कदम’ ट्रेलर

by हंगामा खबर
२०८० मंसिर २० गते १६:५७ बजे प्रकाशित
0

तामाङहरुको बिहेको मुख्य विधि ‘चारदाम’को ट्रेलर सार्वजनिक

तामाङहरुको बिहेको मुख्य विधि ‘चारदाम’को ट्रेलर सार्वजनिक

by हंगामा खबर
२०८० मंसिर १७ गते १५:४५ बजे प्रकाशित
0

‘जम्प’को स्याड भर्सन ‘फेरी फर्किन्छ’ रिलिज

‘जम्प’को स्याड भर्सन ‘फेरी फर्किन्छ’ रिलिज

by हंगामा खबर
२०८० मंसिर १५ गते १७:०९ बजे प्रकाशित
0

एमालेका नेता  रायमाझी थुनामै रहने भए

एमालेका नेता रायमाझी थुनामै रहने भए

by हंगामा खबर
२०८० मंसिर १५ गते १६:४२ बजे प्रकाशित
0

सरकारले पेट्रोलियम पदार्थको ऋण तिर्यो, मुल्य घट्ने संकेत

सरकारले पेट्रोलियम पदार्थको ऋण तिर्यो, मुल्य घट्ने संकेत

by हंगामा खबर
२०८० मंसिर १४ गते १५:४८ बजे प्रकाशित
0

सुनसरीको धरान १५ बाट सञ्चालित यस हंगामा खबर हाल परीक्षण अवधिमा छ । यस अवधिमा प्रकाशित समाचार पढेर यहाँहरुले सल्लाह तथा सुझाव दिनसक्नुहुनेछ । हामी, हरेकदिन यहाँको सुझाव र हामीलाई प्राप्त प्रतिक्रियाका आधारमा यस पोर्टललाई परिष्कृत गर्दै लैजाने छौं ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल :
इमेल :

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist