नेपाली चलचित्र निर्देशक हरुको छाता सङ्गठन नेपाल चलचित्र निर्देशक समाजले नेपाल चलचित्र निर्देशक समाज बेलायत (UK) च्यापटर गठन गरेको छ । समाजका केन्द्रिय अध्यक्ष जनकदिप पराजुली र महासचिव अरुण कुमार प्रधानको उपस्थितीमा भाद्र २६ गते बेलायत निवासी चलचित्र निर्देशक सनम कुमार बैरागीको संयोजकत्वमा नेपाल चलचित्र निर्देशक समाज बेलायत (UK) च्यापटर गठन गरेको छ। बेलायत भरी कर्म थलो बनाएर रहनु भएका नेपाली चलचित्र निर्देशकहरुलाइ एउटै छाता मुनि ल्याउन र नेपालमा आएर चलचित्र सम्बन्धि काम गर्दा सहज बाताबरण बनाउने उद्देश्यले च्यापटर गठन गरिएको महासचिव प्रधानले जानकारी दिए । च्यापटरका सयोजक निर्देशक सनम कुमार बैरागी र उप सयोजक प्रदीप शाही चयन हुनु भएको छ भने बेलायतभरि रहनु भएका अन्य निर्देशकज्युहरु सदस्य रहेका छन ।
इनास युके चलचित्र प्रबर्द्धन समिती तथा सयोजक मनिष श्रेष्ठकोको आयोजनामा उक्त कार्यक्रम सप्पन्न भएको प्रधानले बताए । कार्यक्रममा कलाकार संघको युकेको सह सचिब तथा नायिका सृजना निङ्लेखु , चलचित्र निर्माता पशुराम राई , निर्देशक आर्यम नकर्मी , सबिन श्रेष्ठ , दिपेश सिलवाल , आषिश श्रेष्ठ ,प्रकाश श्रेष्ठ ,अनिता ताम्राकार ,राजेन्द्र खस लगायत इनास युकेका अध्यक्ष बिनोद चिपालु आदि चलचित्रकर्मीको उपस्तिथि रहेको थियो । अध्यक्ष पराजुली र महासचिव प्रधान गोर्खा वारियर चलचित्रको रेड कार्पेट प्रीमियर शो का लागि लन्डन पुग्नु भएको बेला एक छलफल तथा भेटघाट कार्यक्रम आयोजना गरि FDGN- UK CHAPTER गठन गरिएको प्रधानले बताए ।