बर्ष २०८० सुपरहिट चलचित्र ‘महापुरुष’ अब सिनेमा घर एप्समा हेर्न पाइने भएको छ । निर्माण टिमले आज काठमाण्डौमा एक कार्यक्रम गरी डिजिटल प्रिमिएर अनाउन्स गरेको हो । अनाउन्स कार्यक्रममा मुख्य कलाकारहरु हरीबंश आचार्य, गौरी मल्ल,राजाराम पौडेल , अरुण क्षेत्री, कार्यकारी निर्माता तथा कलाकार रबिन्द्र सिंह बानिया, कोपिला थापा, नरेश पौडेल,निर्देशक प्रदीप भट्टराई , निर्माता म्याक्स दिपेश क्षेत्रीको उपस्थिती रहेको थियो । यस अघी नेपाल र नेपाल बाहिरका बिभिन्न सिनेमाहलहरुमा ५१ औ दिन मनाउन सफल रहेको चलचित्र ‘ महापुरुष’ सिनेमाहलहरुमा नपुगेका देशका नेपाली दर्शकहरुको पर्खाइको बिषय थियो । गत कार्त्तिक ११ गतेबाट अल नेपाल रिलिज भएको ‘महापुरुष’ ले पहिलो शो हरुमा सन्तोषजनक व्यापार गरेपनी माउथ पब्लिसिटी पछी दर्शकको ओइरो लागेको थियो । पहिलो पटक मोफसलमा पनि ग्राण्ड प्रिमियर गरिएको ‘महापुरुष’ ले नेपाली चलचित्रबजारमा फरक कथा बस्तु को रुपमा पनि चिनायो । फिल्ममा मदनकृष्ण श्रेष्ठ, रविन्द्र सिंह बानियाँ, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्यलगायतको अभिनय छ ।

एक बुवा र आमाले आफ्ना सन्तानका लागी निभाउनु पर्ने भूमिका एक बाबाले निभाएर समाजको अगाडी महापुरुष बनेका बुवा र सन्तानको मिठो कथा हो ‘महापुरुष’ । विश्व बजारमा धेरै चलचित्रहरु आमाको त्याग र बलिदानको कथामा बनेको महापुरुषले एक त्यागी बाबाको कथा बोलेकोछ । आफ्नो सन्तानको लागी आमा मात्र हैन्न बाबा पनि उतिकै त्यागी बन्न सक्छन भन्ने कथामा निर्माण भएको थियो । चितवन देवघाटका एक बुवाको जीवनीबाट प्रेरित भएर निर्माण गरिएको ‘महापुरुष’ साचै नेपाली माटो सुहाउदो चलचित्र सावित हुँदै ५१ दिन मनाएर अहिले डिजिटल एप्स सिनेमा घर एप्समा रिलिज भएको हो । सिनेमाघर एप घरमै बसेर मोबाइल उपकरण र एन्ड्रोइड टिभी र फायरटिभी जस्ता स्मार्ट टिभीहरूमा भर्खरका नेपाली चलचित्रहरू, वेब-श्रृङ्खलाहरू, छोटो चलचित्रहरू र स्ट्यान्ड-अप कमेडीहरू हेर्ने स्मार्ट र कानुनी माध्यम हो। सिनेमाघरले तपाईंलाई आफ्नो मनपर्ने नेपाली चलचित्रहरू हेर्नको लागि सस्तो र सुविधाजनक तरिका प्रदान गर्दछ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।