हिन्दू नारीहरुको महानपर्व तीज नजिकिदै गर्दा नयाँ नयाँ तीज गीतहरु रिलिज हुने क्रम तिव्र रहेको छ । यसै क्रममा चर्चित संगीतकार दिपक शर्माको शब्द र संगीतमा ‘छोरीको जिन्दगी दुइतिर’बोलको तीज गीत रिलिज भएको छ । गीतको म्युजिक भिडियो केन्द्र मोशन पिक्चरको अफिसियल युट्युब च्यानलबाट रिलिज भएको छ । चर्चित गायिका शान्ती श्री परियार र नेपाल आइडलबाट चर्चामा आएकी गायिका बेनिशा पौडेलको आवाजमा रहेको गीतको म्युजिक भिडियोमा नायिका तथा मोडल रेखा लिम्बु र पछील्लो समय सामाजिक संजालबाट भाईरल भन्दै चर्चामा आएको बिना सिवाले कम्मर मर्काएका छन । विवाह गरेर गएकी छोरीलाई चाडबाड आउँदा आफ्नो घरको भन्दा पनी माइतीकै पिरमा बिलौना लाग्ने गरेको कुरालाई निर्देशकले गज्जबले प्रस्तुत गरेका छन ।
नेपाली समाजमा अझै पनि जरा गाडेर बसेको दाईजो प्रथा र यस्ले परिवारमा ल्याएको उतार चढावलाई म्युजिक भिडियोले बोलेको छ ।
अन्य तीजगीतहरु भन्दा फरक र निकै भावुक र सान्दर्भिक शब्दहरु लाग्ने छोरीको जिन्दगी दुई तिर गीतलाई पछील्लो समय दर्शक स्रोताहरुले रुचाउदै आएका छन । केन्द्र मोशन पिक्चरको ब्यानर मा निर्माण भएको म्युजिक भिडियोलाई केन्द्र लिम्बु र अर्विन पोमुले संयुक्त्त रुपमा निर्माण गरेका हुन । पछील्लो समयका चर्चित निर्देशक शान बस्नेतले निर्देशन गरेको म्युजिक भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन । राजिव समरको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन । करोड क्लबका गीतहरु दिएका संगीतकारा दिपक शर्माको लेखन तथा कम्पोज रहेको गीतलाई दर्शक स्रोताहरुले मन पराइ रहेका छन ।