गत असार २१ गते आफ्नै निवासमा आत्महत्या गरेका नायक शारुक ताम्रकारको सुसाइट नोट फेला परेकोछ । प्रहरीले गहिरो अनुसन्धान पछी करिव २२ दिन पछी शारुकको सुसाइट नोट उनकै मोबाइलबाट फेला पारेको हो । मृतक शारुकको मोबाइललाई प्रहरीले फरेन्सिक परीक्षणमा पठाएको थियो । फरेन्सिक रिपोर्टका अनुसार मोबाइलको नोट प्याडमा सुसाइड नोट भेटिएको हो । शारुकले आफ्नो सुसाइड नोटमा कसैलाई पनि दुःख नदिन प्रहरीलाई अनुरोध गरेका छन् । उनले लेखेका छन्–‘पुलिसहरु डन्ट फकिङ मी कन्ट्रोभर्सी । इट्स अल माई फल्ट । कसैलाई ब्लेम नगर्नु । यो सबै यही इन्ड हुनु थियो । सो सकियो । मेक मी रेस्ट इन पीस । धन्यवाद ।’
ताम्राकारको सुसाइड नोट प्रहरीले मिडियामार्फत सार्वजनिक गरेपछि उनको परिवारले गुनासो गरेको छ । मेरो फिल्मसँग कुरा गर्दै सारुककी आमा रुक्मणी ताम्राकारले प्रहरीले यो बिषयमा परिवारलाई जानकारी नै नदिएको भन्दै गुनासो गरेकी छिन् । सारुककी आमा यतिबेला प्रहरी प्रभाग, टेकु पुगेकी छिन् । वुझिएअनुसार, सारुकको निधनमा परिवारले किटानी जाहेरी दिने तयारी गरेको छ । कसको विरुद्धमा परिवारले किटानी जाहेरी दिन लागेको हो, यो खुलेको छैन ।