Saturday, November 8, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

वैज्ञानिकको कथा ‘ओपनहाइमर’ हेर्न बिर्तामोडका कलेज उर्लियो

हंगामा खबर by हंगामा खबर
२०८० साउन १३ गते ०९:१६ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
वैज्ञानिकको कथा ‘ओपनहाइमर’ हेर्न बिर्तामोडका कलेज उर्लियो
120
SHARES
Share on FacebookShare on Twitter

मानवीय भावनाको सूक्ष्मता र विचारबारे विराटतामा जेलिएर बाँचिरहेको वैज्ञानिकको कथा रहेको अङग्रेजी फिल्म ‘ओपनहाइमर’ हेर्न बिर्तामोडका कलेजका बिधार्थीहरु उर्लेका छन । बिर्तामोडको चर्चित कलेजहरु निदी कलेज र बाल्मिकी कलेजका बिधार्थीहरु शुक्रवार बिर्तामोड स्थित वान स्टप मल मा रहेको QFX सिनेमामा पुगेका थिए । फिल्म बिशेषगरी बिज्ञान संकायका बिधार्थीहरुको कोर्ष सँग सम्बन्धित भएकाले पनि विज्ञान बिषय लिएर पढने बिधार्थीहरु आएका हुन । फिल्म अमेरिकी वैज्ञानिक जुलियस रोबर्ट ओपमहाइमरको जीवनमा आधारित जसले एटम बम बनाएका थिए उनै बैज्ञानीक को जीवनमा आधारित फिल्म भएकाले कलेजका संचालक हरुलाई पत्रनै काटेर बिधार्थीहरुलाई अनिवार्य रुपमा फिल्म हेर्न बोलाइएको हलका म्यानेजर केदार बस्नेत ले जानकारी दिए । बस्नेतका अनुसार फिल्म हेर्न आउने बिधार्थीहरुलाई हलको तर्फबाट ५० प्रतिशत छुट दिइएको थियो । आजको शिक्षा भनेको बिधार्थीको लागि मनोरन्जनका साथ साथै अघि बढन मद्दत गर्दछ त्यसैले पनि पुर्वको कलेजहरू अरू भन्दा सधै एक कदम अगाडी बढेर सोच्ने गरेको म्यानेजर बस्नेतको दावी छ ।

ADVERTISEMENT

फिल्म हेरिसके पछी बाल्मिकी कलेजले आफ्नो अफिसियल फेसबुक पेजमा ‘चलचित्रहरू हेर्नु रमाइलो मात्र होइन तर एक प्रोत्साहनजनक शैक्षिक अनुभव पनि हो। OPPENHEIMER को कार्यक्रमले हाम्रा विद्यार्थीहरूलाई उनीहरूको पाठ्यपुस्तकहरूमा समेटिएको कुराभन्दा बाहिरको आणविक फ्युजनको संसारमा बहुमूल्य अन्तरदृष्टि प्रदान गर्‍यो।” भनी पोस्ट गरेका छन । यता निदी सेकेण्डरी स्कुल एण्ड त्रिवेणी कलेज बिर्तामोडले मुवी टाइम भनेर भिडियो नै अपलोड गरेर ‘ओपनहाइमर’ हेर्नै पर्ने फिल्म रहेको भनी पोस्ट गरेको छ । भिडियोमा कक्षा १२ को विज्ञान संकायका बिधाथीहरुलाई लाइन बद्द लगाएर हल तर्फ लगेको छ । एटम बमका पिता भनेर चिनिने ‘ओपनहाइमर’ बारेमा किताबमा मात्र पढेको भएपनी आज फिल्म हेरेर उहाको सम्पूर्ण जीवनी छर्लङ्ग गरी बुझ्न हेर्न पाएकोले आफुहरुलाई धेरै शिक्षा मिलेको फिल्म हेर्ने बिधार्थीहरुले अनुभव सुनाए । ‘ओपनहाइमर’ ती वैज्ञानिक हुन जसले एटम बम बनाएको कारण करिब एक लाख चालीस हजार व्यक्ति मारिएका थिए ।

फिल्मको पटकथा मा ओपनहाइमरले किन र कसरी एटम बम बनाउने म्यान ह्याटन प्रोजेक्टको नेतृत्व लिए, कसरी यो प्रोजेक्टलाई अगाडी बढाइयो, कसरी एटम बम बनाउने प्रयोगहरू भए, बम बनेपछि त्यसको प्रयोगप्रति उनको धारणा कस्तो थियो, त्यसपछि उनलाई संसारले कसरी हेर्‍यो लगायत प्रश्नहरूको जवाफ निर्देशकले गज्जबले दिएका छन । निर्देशकले ओपनहाइमरको व्यक्तिगत जीवन र उनको अरू वैज्ञानिकसँगको सम्बन्धलाइ पनि राम्ररी नियालिदिएका छन । ओपनहाइमरलाई ग्रीक माइथोलोजीको प्रोमिथियसको रूपमा देखाउन खोजेका छन् । जसरी प्रोमिथियसले भगवानबाट आगो चोरेर मानिसलाई दिए र आफू अनन्तकालसम्म यातना भोग्नुपर्ने श्रापबाट प्रताडित भए त्यसै गरी ओपनहाइमरले पनि एटमको विज्ञान पत्ता लगाएर मानव सभ्यतालाई दिए तर सधैँ भरी त्यसले निम्त्याएको विनाश र त्रासबाट प्रताडित हुनुपर्‍यो । प्रोमिथियसले जुन ज्ञान (आगो) भगवानबाट चोरेर मानिसलाई बाँडेका थिए त्यही आगो रुपी ज्ञान नै इतिहासको विभिन्न कालखण्डमा कहिले मानिसका निम्ति वरदान त कहिले अभिशाप हुँदै आएको छ ।

Previous Post

रक्सौल काठमाडौं रेलमार्गको लागी १२ वटा स्टेशन

Next Post

सवारी दुर्घटनामा झापा र मोरङमा २ जनाको मृत्‍यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

by हंगामा खबर
२०८२ कार्तिक १२ गते १६:०७ बजे प्रकाशित
0

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

by हंगामा खबर
२०८२ कार्तिक १० गते १७:३४ बजे प्रकाशित
0

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

by हंगामा खबर
२०८२ अशोज ३१ गते १०:०० बजे प्रकाशित
0

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

by हंगामा खबर
२०८२ अशोज ३१ गते ०९:१३ बजे प्रकाशित
0

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

by हंगामा खबर
२०८२ अशोज २८ गते १७:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist