नेपाल लगायत बिभिन्न देशमा सफलताका साथ प्रदर्शन भईरहेको चलचित्र ‘दुई नम्बरी’ अब दुबइ , कतार, बहराइन र ओमानका विभिन्न सिनेमाहलहरुमा अक्टोबर २० तारिख देखी एकसाथ प्रदर्शन हुने भएको छ । रोजगारीको सिलसिलामा कतारको मध्यपूर्वमा रहेका नेपाली चलचित्रप्रेमीलाई लक्षित गर्दै मुख्य-मुख्य शहरमा बिभिन्न पाच दर्जन पर्दामा नेपाली कथानक चलचित्र ‘दुई नम्बरी’ एकैसाथ प्रदर्शन हुने बितरक रमेश ढकालले जानकारी दिएका छन |
‘छ माया छपक्कै’ फ्रेम्ड निर्देशक दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको ‘दुई नम्बरी’मा दयाहाङ र सौगातका साथै अभिनेत्री उपासना सिंह ठकुरी, भुटानी अभिनेत्री उगेन छोदेन, अभिनेता बुद्धि तामाङ मुख्य भूमिकामा छन् । किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा सरोज नेपाली कार्यकारी निर्माता छन् । मिठु तामाङ्नी सह–निर्माताको रूपमा रहेको चलचित्रको निर्माता दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठ हुन् । दशैंको टीकाको दुई दिनपछि प्रदर्शनमा आएको चलचित्रलाई सुशन प्रजापतिले छायाँकन एवं निमेश श्रेष्ठले सम्पादन गरेका हुन् ।