चर्चित पार्श्व गायक प्रताप दासको तीज गीत ‘माइत जाने हो ‘ रिलिज भएको छ । हिन्दू नारीहरुले भव्य रुपमा मनाउने तीज पर्व नजिकिए संगै अब तीज गीतहरु रिलिज हुन थालेका छन । यसैक्रममा प्रताप दास र रिज्योना कार्कीको स्वरमा तीज गीत ‘माइत जाने हो’ रिलिज भएको हो । मित्र केसीको शब्द , बिष्णु तामाङको संगीत तथा संगीत सम्योजन रहेको गीतको म्युजिक भिडियो लाई रिज्योना कार्कीकै युट्युब च्यानलबाट रिलिज गरिएको हो । विजय गुरुङले निर्देशन गरेको म्युजिक भिडियोमा सुबोध श्रेष्ठ, बिजय गुरुङ, विना राउत र आभा थापाको गज्जबको नृत्य गरेका छन्। उनीहरुको नाचलाई दर्शकले रुचाएका छन्। प्रकाश थापाले खिचेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका छन । रिलिज भएको म्युजिक भिडियोमा अहिलेको पुस्ताको जोडीको प्रेम भाव गज्जबले प्रस्तुत गरिएको छ ।