निर्माणको तयारी रहेको नेपाली कथानक चलचित्र ‘कालो सुन’ लाई आफ्नो ड्रिम प्रोजेक्ट रुपमा बताउदै आएका नायक प्रभु श्रेष्ठ यतिबेला अमेरिकामा डान्स सिक्दैछन । श्रेष्ठ चर्चित कोरियोग्राफर गोविन्द राई सँग डान्स सिकिरहेकाछन । राईले फेसबुकमा पोस्ट गरेर जानकारी दिएका थिए । ‘कालो सुन’ राइज फिल्म्स युएसए कर्पोरेशन र प्रभुलक्ष्मी इन्टरटेनमेन्ट एन्ड क्रिएटिभ कम्पनी प्रालिबीचको सहकार्यमा निर्माण हुने पक्का भएपछी श्रेष्ठ यतिबेला अमेरिकामा छन ।
पाँच साथी हरु चाइनाको सिमानामा ट्र्याकइङ गर्दै गर्दा भेटिएको कालो सुन लाई मुख्य बिषय बस्तु बनाएर निर्माण हुन लागेको ‘कालो सुन ‘ एक एड्भेन्चर र सर्वाइवल को एक्सन थ्रीलर पूर्ण हुने श्रेष्ठ दावी छ । ‘कालो सुन’ अगस्ट २०२४ मा रिलिज हुने तालिका तय भएको छ । श्रेष्ठका अनुसार नेपाल, अमेरिका, सिंगापुर, भारत, बेलायत, अस्ट्रेलिया, मलेसिया र हङकङमा एकसाथ रिलिज गर्ने तयारी रहेकोछ । ‘कालो सुन’ को २५ प्रतिशत छायांकन न्यूयोर्क सहरमा, ५० प्रतिशत नेपाल–तिब्बत सीमानामा र २५ प्रतिशत नेपाल–तिब्बतको रुटमा हुने श्रेष्ठले बताए ।