पूर्वको गाउघर लिम्बु समुदायको टिपिकल प्रेमकथालाई टपक्क टिपेर निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘लुङा’ ट्रेलर रिलिज भएको छ । यस अघी टिजर र गीतले चर्चा पाएको ‘लुङा’को ट्रेलर गज्जबको बनेकोछ । पुर्वी नेपालको पहाडको लिम्बु समुदायको युवा युवतीहरुको प्रेम कथालाई मुख्य बिषयबस्तु बनाएर निर्माण गरेको ‘लुङा’ लाई निर्देशक किरण राई ले स्थानिय रहनसहन, गाउले प्रेममा आएको उतारचढावलाई पर्दामा गज्जबले प्रस्तुत गरेका छन । एक अर्काको आकर्षण, प्रेम अनी विवाहमा आउने पारिवारिक झमेलाको कथालाई निर्देशकले गज्जवले प्रस्तुत गरेका छन । पछील्लो समय टिपिकल नेपाली चलचित्र मन पराउने दर्शकहरु बढेकोले अहिलेको पुस्ताले ‘लुङा’ मन पराउनेमा आफु ढुक्क रहेको प्रस्तुतकर्ता ज्योतीराज राईले बताए । निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको चलचित्र ‘लुङा’का निर्माता सन्जिब राई,प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल रमनिशा पाठकरमेनुका घिमिरे रकैलाश राई रटि आर साम्सोहाङ सहनिर्माता हुन ।
पुर्वका बिभिन्न रमणिय स्थलहरुमा छायांकन गरिएको ‘लुङा’मा बुद्धि तामाङ,भुवन सिंह राई,सारा लोहोरुङ राई,भिम सेरमा लिम्बू,प्रकाश दाहाल,अनुप लिङ्खिम,सुदिप जंग कार्की,गङ्गा बहादुर राई,सम्झना लिम्बू,रमेश बुढाथोकी,निशान लुइँटेल,स्मृति पोखरेल, सलिना गुरुङको अभिनय रहेको छ। ‘लुङा’मा बादल लिम्बू र अनिस श्रेष्ठको संगीत,राजेश पायल राई,मेलिना राई,रचना रिमाल,आयुश प्रधान,निमा तामाङको गायन,सागर अर्यालको ध्वनि संयोजन,मिना कार्कीको श्रृङ्गार, किरण राईको छायांकन तथा सम्पादन, पृष्ठभुमि संगीत शैलेन्द्र बाबु प्रधानको,निर्माण नियन्त्रक प्रयास घिमिरे, कलर अनिल राना,कला निर्देशन बिमल लिम्बू र निशान लुइँटेलको रहेको छ। भुवन सिंह राईले लेखेको कथालाइ भुवन सिंह राई,प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथा सम्बाद लेखेका हुन्। फिल्म यही श्रावण ५ गते प्रदर्शनमा आउँदैछ ।