अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेका छन । ताम्राकारले काठमाडौं रातोपुलस्थित आफ्नै घरमा आत्महत्या गरेकाहुन । बिहीवार राती ११ बजे घरको भर्याङको रेलिङमा प्लाष्टिकको पाइपको पासो लगाएर झुण्डिएर आत्महत्या गरेको पारिवारिक श्रोतले जनाएकोछ । घटनास्थलको मुचुल्का कार्यपछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । आत्महत्याको कारण भने खुलेको छैन । चलचित्र रानीबाट अभिनय करिअर थालेका सारुकले मेरी मामु र इन्टु मिन्टु लण्डनमा लगायत चलचित्र मा अभिनय गरेका छन् । उनी पछिल्लो समय लगभग ४५% छायांकन सकिएको फिल्म ‘ह्यासट्याग माया’को सुटिङमा ब्यस्त थिए । सारुक कलाकार सानु ताम्राकारका छोरा हुन् ।