Sunday, February 15, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

याक्थुङ चलचित्रकर्मीहरुको महाधिवेशन धरानमा हुने

हंगामा खबर by हंगामा खबर
२०८० जेष्ठ १९ गते २२:०८ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
याक्थुङ चलचित्रकर्मीहरुको महाधिवेशन धरानमा हुने
88
SHARES
Share on FacebookShare on Twitter
नेपालभर छरिएर रहेका याक्थुङ चलचित्रकर्मीहरु असार २ र ३ गते धरानमा जमघट गर्ने भएकाछन । याक्थुङ चलचित्रकर्मीहरु संगठित हुने उद्धेश्यले वि.सं. २०७८ सालमा कलाकार तथा चलचित्र निर्माता नविन सुब्बा (मेन्याङवो)को अध्यक्षतामा स्थापना भएको २१ सदस्यीय तदर्थ समिती  याक्थुङ चलचित्रकर्मी संघ केन्द्रिय समितीको स्थापना भएको याक्थुङ चलचित्रकर्मी संघ केन्द्रिय समितीको तीन बर्षे कार्यकाल समाप्त हुदै गर्दा बिधान अनुसार संघले यहि असार २ र ३ गते याक्थुङ उत्सव तथा ऐतिहासिक राष्ट्रिय महाधिवेशन – २०८० आयोजना गर्न लागेको आज धरानमा पत्रकार सम्मेलन गरी  जानकारी गराइएकोछ । असार २ र ३ गते हुने याक्थुङ उत्सव तथा ऐतिहासिक राष्ट्रिय महाधिवेशन – २०८० को पहिलो उदघाटन तथा खुल्लाशत्र हुनेछ ।
खुल्ला शत्रको उदघाटनमा ५० बन्द बढी च्याब्रुङ सहित सांस्कृतिक झाकी र  अन्य जातीय झाकीहरु प्रदर्शन गरिने छ । झाकी चुम्लुङ भवन धरान १५ बाट सुरु भएर भानुचोक ,छाताचोक ,सिंहदेवी चौक ,माछाभौडी हुदै पुन चुम्लुङ भवन धरान १५ मा आएर समापन हुनेछ ।  सोही दिन यस प्रदेश नेपालमा निर्माण भएका चलचित्रको पोष्टर सार्वजनिक गरिने र याक्थुङ बरिष्ठ चलचित्रकर्मी र याक्थुङ बरिष्ठ कलाकारको घोषणा गरी नगद सहित सम्मान गरिने छ । सोही दिन अर्थात असार २ गतेनै , याक्थुङ चलचित्र र चलचित्रकर्मीहरुको बर्तमान र भविष्य विषयक अन्तरकृया  कार्यक्रम समेत आयोजना हुने  संघका केन्द्रिय अध्यक्ष नविन सुब्बा मेन्याङ्बोले जानकारी दिए । महाधिवेशको उद्देश्य  याक्थुङ कला र  संस्कृतिको एतिहसिकता र गौरवलाई कायम राख्दै निरन्तरता दिनु पनि रहेको मेन्याङ्बोले बताए ।
कार्यक्रममा काठमाण्डौ, तेह्रथुम  , संखुवासभा, धनकुटा, झापा, मोरङ, सुनसरी , ईलाम,पाचथर र ताप्लेजुङबाट करिव ४०० जना सहभागीहरु रहने संघकी उपाध्यक्ष तथा  कार्यक्रमकी संयोजक मीना सिङ्गकले जानकारी दिइन । अनुमानित ६ लाख ६५ हजार लागतमा आयोजना हुन लागेको कार्यक्रममा चलचित्र क्षेत्रमा  अनवरत  रुपमा २५ बर्ष भन्दा बढी योगदान गरेका दुइजना बिसिस्ट व्यक्तीहरुलाई याक्थुङ बरिष्ठ कलाकार र चलचित्रकर्मी अवार्डबाट नगद सहित सम्मान गरिने सिङ्गक ले जानकारी दिइन । उपस्थित मध्ये  १०० जना प्रतिनिधीहरु बन्दशत्रमा सहभागी हुने छन र  बन्द शत्रबाट पुन नयाँ कमिटी चयन हुनेछ ।
ADVERTISEMENT
Previous Post

भोजपुरी गीतमा अरुण प्रधानको डेव्यु निर्देशन

Next Post

धनकुटामा जङ्गली च्याउ खाएर आमाछोराको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist