निर्माता तथा निर्देशक सन्तोष सेनलाई एलजि सिने सर्कल अवार्ड २०७९ मा ‘THE TRENDSETTER’ को अवार्डद्वारा सम्मानित गरिएकोछ । शुक्रबार काठमाण्डौमा सिनेमा सर्कल नेपालद्वारा आयोजित एलजि सिने सर्कल अवार्ड २०७९ मा सेनलाई उक्त्त अवार्डद्वारा सम्मानित गरिएको हो । सेनले निर्माण तथा निर्देशन गरेको हिन्दी भाषाको ‘प्रेम गीत – ३’ मार्फत भारतीय बजारमा नेपाली फिल्मको बजारीकरण गरेवापत उनलाई सम्मान गरिएको आयोजकले जनाएकोछ । ‘प्रेम गीत -३’ हिन्दी भाषामा समेत प्रदर्शन गराएर पहिलो इन्डो नेपाली चलचित्रको ईतिहासमा नाम लेखाउन सफल भएर नेपाली चलचित्रलाई अन्तराष्ट्रिय बजारमा पुर्याउनु सफल भएवापत यो अवार्ड प्रदान गरिएको हो । ‘प्रेम गीत -३’ मार्फतनै नेपाली चलचित्र क्षेत्रलाई नयाँ मार्ग देखाउन सेनले खेलेको अनुकरणीय भुमिकाको उच्च कदर गरिएकोछ ।
शुक्रबार सम्माननीय उपराष्ट्रपति राम सहाय यादवको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रमका विशेष अतिथि फ्रेन्च फिल्म निर्देशक एरिक भ्याल्लि रहेका थिए । एरिकले जस्ले क्याराभान र हनि हन्टर’ मार्फत नेपाललाई विश्व बजारमा पस्के र पहिलो पटक नेपाली निर्माताको फिल्मको रुपमा “क्याराभान” ओस्कार अवार्ड को उत्कृष्ट ५ मा पर्न समेत सफल भएको थियो । यसैगरी एलजी सिने सर्कल अवार्ड अन्तर्गत ट्रेन्डर अवार्ड भने आमा सरस्वती मुभिज दिपक राज गिरी र दिपाश्री निरौलाले प्राप्त गरेका छन । उक्त कार्यक्रममा बिभिन्न कलाकार निर्माता निर्देशक र चलचित्रले बिभिन्न अवार्ड हात पारेकाछन् ।