चौथो हप्तामा पनी सफलता पुर्वक प्रदर्शन भैरहेको चलचित्र ‘जारी’ का जम्बो टिम पुर्वका सिनेमाहलहरुको भिजिटमा निस्केको छ । पुर्वका धरान , इटहरी , दमक र बिर्तामोडका सिनेमाहलहरुमा टिमले दर्शकसँग बसेर फिल्म हेर्ने कार्यक्रम रहेको कार्यकारी निर्माता मनिराम पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार पहिलो दिन अर्थात बैशाख २५ गते धरानमा बिशेष शो राखिएकोछ । सोमबार धरान ८ बराह कम्प्लेक्स स्थित फ्रेण्ड्स सिनेमाहलमा बिशेष कार्यक्रम को आयोजना गरिएको छ फ्रेण्ड्स सिनेमाका म्यानेजर सन्देश घिमिरेले जानकारी दिए । उनका अनुसार लिम्बु संस्कृतिमा आधारित् फिल्म भएकाले कार्यक्रममा च्याब्रुङ नाचेर सुरु गरिने घिमिरे बताए । उनका अनुसार फिल्म हेर्न धरान नगर प्रमुख , सुरक्षा निकाय , बिभिन्न संघ संस्थाका अध्यक्षहरुको बिशेष उपस्थिती रहनेछ । हाम्रो पुर्वकै परिवेशमा निर्माण भएको र धराने जनताको साथले फिल्मले राम्रो व्यापार गरेकाले पनि फ्रेण्ड्स सिनेमाले बिशेष शो आयोजना गरेको घिमिरेले बताए ।
यसैगरी ‘जारी’ टिम मङ्गलबार दमक र बिर्तामोडका दर्शक सँग भेटघट गर्नेछ । दमकमा डिम्याक्स सिनेमामा ११:४५ को शो मा दर्शक सँग भेटघट गर्नेछन । यसैगरी मंगलबार ४:४५ मा बिर्तामोड वान स्टप स्थिती QFX सिनेमामा स्पेशल शो मा कलाकारहरु सहभागी हुनेछन । बिर्तामोडमा पनि धरानमा जस्तै स्थानिय जनप्रतिनिधी समाजसेवी र कलाकारको बिचमा शो हुनेछ । शो सुरु हुनु अगाडी च्याब्रुङ नाचेर कलाकारहरुलाई स्वागत सम्मन गरिने QFX बिर्तामोडका म्यानेजर केदार बस्नेतले जानकारी दिए । पुर्वको हल भिजिटमा कलाकारहरु दयाहाङ् राई ,मिरुना मगर , बिजय बराल , प्रेम सुब्बा , उपेन्द्र सुब्बा , रेखा लिम्बु र कार्यकारी निर्माता मनिराम पोखरेल रहेकाछन ।