पुर्वमा बस्ने लिम्बुहरुको संस्कृतिमा आधारित भएर निर्माण गरेको नेपाली कथानक चलचित्र ‘जारी’ को ट्रेलर रिलिज भएकोछ । रिलिज ट्रेलरमा एक लिम्बु परिवारको कथालाई प्रस्तुत गरिएको छ । रिलिज ट्रेलरमा असभ्य शब्द ‘जाठा’ को अत्यधिक प्रयोग गरिएको छ । चलचित्रको मुख्य कलाकार दयाहाङ राइले बोलेका हरेक डाइलगमा यो शब्द अत्यधिक प्रयोग गरिएको छ । भने दयाका बाबा प्रेम सुब्बा, लगायतले यो शब्दलाई गाउले भाषाकै रुपमा थेगो कै रुपमा प्रयोग गरेका छन । चलचित्रकी मुख्य कलाकार मिरुनालाई ‘जारी’ मा सशक्त्त भुमिकामा प्रस्तुत गरिएकोछ । दयाको जोडीको रुपमा देखिएको मिरुना श्रीमानको अत्याचार लाई निडर भएर सामना गरेकीछिन । बच्चा नहुँदा समाज र साथी भाईको अगाडी पनि गिल्लाको पत्र बनेकी मिरुनाले प्रतिकार गरेर दयालाई भनेको नामर्द शब्द बाट नै पारिवारिक झगडा सुरु भएको देखिन्छ ।
आफुलाई दासीको रुपमा हेरेका श्रीमानको अन्याय सहेर मात्रा नबस्ने निर्णय लिएर घर छाडेकी मिरुनालाई फिर्ता ल्याउन दयाले गरेको संघर्षलाई गज्जवले प्रस्तुत गरिएकोछ । पुर्वमा बसोबास गर्ने लिम्बुहरुको प्रथालाई गज्जबले देखाइएको छ । पहिले पहिले धान नाच्ने पालम गाउँने ठाउमा आफुलाई मन पर्ने सोल्टिनिहरुलाई तानेर लाने प्रचलनलाई चलचित्रले उठान गरेकोछ । बासुरी फिल्म्स ब्यानरमा कबड्डी फेम्ड निर्देशक राम बाबु गुरुङले निर्माण गरेको ‘जारी’ मा उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको छ । ‘जारी’ मा दयाहाङ र मिरुनासँगै विजय बराल, प्रेम सुब्बा , मनिता जैका बान्तवा , रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ। चलचित्र यही बैशाख १ गते देसभर एकसाथ प्रदर्शनमा आउँदैछ ।