‘इन्टु मिन्टु लण्डन’ जस्तो सुपर हिट चलचित्र निर्माण गरेको टिमले निर्माण गरेको JACKIE-IAM21 को टिजर पछी रिलिज भएको गीतले यतिबेला तहल्का पिटिरहेकोछ । निर्माणको क्रममा I am 21 नाम दिएको चलचित्र पछी JACKIE-IAM21 नामकरण गरेर निर्माण सम्पन्न भएको छ भने यतिबेला प्रदर्शनको तयारीमा रहेकोछ । चर्चित कोरियोग्राफर रेनाशा बान्तवा राणाले निर्देशन गरेको JACKIE-IAM21 ले एक सफल डान्स बन्ने सपना बुनेको कथालाई बोल्ने पक्क छ । सुरुमा रिलिज भएको टिजरले लाहुरे हरुको शहर धरानका ठिटोहरुको लाहुरे बन्न पारिवारिक दवाव पछी ,लाहुरे बन्न असफल बनेका एक धराने ठिटो जस्को एक सफल डान्सर बन्ने सपनालाई बाबा आमाले नबुझ्दा आएको उत्तरचढाव को कथा हो JACKIE-IAM21 ।
आगामी बैशाख २१ गतेबाट प्रदर्शनमा आउने JACKIE-IAM21 लाई प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको लगानीमा निर्माण भएको हो । चलचित्र निर्माण पक्षले डान्स ड्रामा भनेको छ । चलचित्रको मुख्य कलाकार धिरज मगरलाई मात्र केन्द्रमा राखेर तयार पारिएको टिजरमा समावेश संवाद टिकटकमा भाइरल भैसकेको छ । सिनेमामा अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको पनि मुख्य भूमिका छ । ‘इन्टु मिन्टु लण्डनमा’ जस्तो सफल लभ स्टोरी सिनेमा निर्माण गरेकी रेनशाले यसपटक धिरज र जसितालाई लिएर डान्सको बिषयमा बनेको निर्देशकले बताएकिछिन ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।