सुपरहीट चलचित्र ‘महापुरुष’ बाट हरेक दर्शकको मनमा बस्न सफल कलाकार अरुण क्षेत्रीको अर्को चलचित्र ‘प्रेमा’ को ट्रेलर रिलिज भएको छ । त्रिकोणात्मक प्रेम कथामा निर्माण भएको ‘प्रेमा’ ट्रेलरले अरुणको अभिनयलाई गज्जवले प्रस्तुत गरेकोछ । पारिवारिक चलचित्र ‘महापुरुष’डेव्यु क्षेत्रीले ‘प्रेमा’ मा भने एक लवर बोयको भूमिका निभाएका छन । उनको काम हेर्दा अरुण जस्तोसुकै भूमिका निभाउन सक्नेकुरामा आफुलाई प्रमाणित गरेकाछन । रिलिज ट्रेलरका अनुसार प्रमुख कलाकारहरु सुभेच्छा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठ वरपर घुमेको छ । तीनजना बाहेक अन्य कलाकारलाई समेत प्रस्तुत नगरिएको ट्रेलरमा शुभेच्छा र अरुणको प्रेम अंकुराउदै गर्दा शुभेच्छाको बिहेको चर्चा अनी अरुण र सृष्टिको भेटले कथाको अर्कै मोड लिने देखिदा फिल्मले प्रेमिल जोडीहरुको गज्जबको कथा भन्ने स्पस्ट छ ।
त्रिकोणात्मक प्रेमकथाको फिल्म ‘प्रेमा’ चैत १७ अर्थात मार्च ३१ बाट रिलिज हुँदैछ । गोविन्द सिंह भण्डारी निर्देशित फिल्म प्रमुख कलाकारहरु शुभेक्षा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठ वरपर घुमेको छ ।फिल्ममा गोविन्द र विवेक घिमिरेको लगानी छ । अमेरिकाको बोस्टन, मेसाच्युसेटमा बस्ने विवेक फिल्म ‘चिनी कम रङ कडा’ का निर्देशक समेत हुन् । आफ्नो फिल्मको स्क्रिप्ट, कन्सेप्ट र छायाङ्कनसँगै निर्देशक गोविन्दको कामले पनि अहिलेसम्म बनेका प्रेमकथाका फिल्म भन्दा ‘प्रेमा’ फरक रहेको दाबी गर्छन् । आफ्नो फिल्मको स्क्रिप्ट, कन्सेप्ट र छायाङ्कनसँगै निर्देशक गोविन्दको कामले पनि अहिलेसम्म बनेका प्रेमकथाका फिल्म भन्दा ‘प्रेमा’ फरक रहेको निर्माण टिमको दावी छ ।