नेपाल चलचित्रकर्मी महासंघको आयोजना इनरुवा नगरपालिकाको संयोजनमा इनरुवामा जारी ‘इनरुवा उत्सव तथा चलचित्र महोत्सव २०७९’ मा थुप्रै नेपाली तथा भोजपुरी गायक गायीकाले आफ्नो प्रस्तुती दिरहेका छन । यसैक्रममा फागुन १७ गतेको दिन पछील्लो समय धेरैनै भाईरल भएको गीत ‘धोकेबाज हौ तिमी ‘ बोलको गीतकी गायिका एलिना चौहानले आफ्नो प्रस्तुती दिने भएकी छिन । इनरुवाको शान्ती चोकमा संचालन भैरहेको महोत्सवमा उनको विशेष प्रस्तुती बुधवार साझ ६ बजे हुने उत्सब संयोजक तथा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए । गत फागुन ७ गतेबाट संचालन भैरहेको महोत्सवमा स्थानिय भाषा, कला, साहित्य तथा नयाँ प्रतिभाहरुलाई प्रमुख प्राथमिकता दिइरहेको छ । साङगेतिक कार्यक्रमको प्रबेश शुल्क रु १०० राखिएको आयोजकले जनाएकोछ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।