लभस्टोरी, थ्रिलर र कमेडी जनरामा निर्माण भएको चलचित्र ‘ए साथी सुन’ को पोस्टर रिलिज भएको छ । वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको ए साथी सुन अगामी चैत्र १० गते रिलिज हुने सहनिर्माता सुदिप पौडेलले जानकारी दिए । फिल्ममा बर्षाको जोडीको रुपमा डेब्यु कलाकार रमेश बानियाँ रहेकाछन । फिल्मलाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा फिल्म निर्माण भएको फिल्ममा विना कार्की र सन्तोषकुमार राई निर्माता हुन भने रामराघव आचार्य फिल्मको लेखक तथा निर्देशक हुन । आयन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, विमला गिरीलगायत अभिनय छ । फिल्ममा बाल कलाकार कृष्मा खड्का र इभान सन्जेलको पनि अभिनय रहेकोछ ।