दर्शकमा डर र कौतुहल्ता जगाउने नेपाली मल्टिस्टारर हरर चलचित्र ‘चि मुसी चि’को ट्रेलर रिलिज भएकोछ । २ मिनेट ५२ सेकेण्ड लामो ट्रेलरले एक अदृश्य शक्तिसंग बच्न पात्रहरुले गर्नु परेको संघर्ष र एक अपरिचित बालिका: जसको वरिपरि ट्रेलरले चक्कर लगाएको देखिएकोछ । पछील्लो समयमा नेपालमा केही हरर फिल्म बनेपनि दर्शकले खासै रुचाएका छैनन तर ‘चि मुसी चि’को ट्रेलर हेर्दा केही आसा जगाएकोछ । ट्रेलरमा देखाइए अनुसार बच्चा खेलिरहेको आवाज सुनिदा लाग्छ यो मृतक बच्चाको कथामा घुमेकोछ । यो सहि सावित पनि भएकोछ ।
फिल्म कि कलाकारऋचा शर्माले बोल्ने संवाद, ‘छोराको चाहमा सानो बच्चालाई बली दिइयो’ले फिल्मको कथाको रहस्यको ढोका खोलेकोछ । पुष २२ देखि अलनेपाल प्रदर्शनमा आउने फिल्ममा सुशन प्रजापतिको छायांकन र यश सैनीको सम्पादन रहेको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतको अभिनय रहेको छ । अरुण चक्रवतीको प्रस्तुती चक्रवती र रिन्जु केसीको निर्माण रहेको ‘चि मुसी चि’ लाई मार्ना जेम्स र यश सैनीले संयुक्तरुपमा निर्देशन गरेकाछन । नेपाली, बलिउड र हलिउडका प्राविधिकहरुको समिश्रणमा फिल्म निर्माण भएकाले केही फरक र नयाँपन दर्शकले महसुस गर्न पाउने विश्वास निर्माण टिमको रहेकोछ ।