कोशी प्रदेश सभा सदस्य रमेश कुमार बस्नेतले केन्द्र सरकार सँग धरानलाई डेङ्गुग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको बाताएका छन । आईतवार धरानका डेङ्गु हस्पिटलहरुमा अनुगमन गर्ने क्रममा बस्नेतले यस्तो बताएका हुन । पछील्लो समय धरानमा डेङ्गुका बिरामी हरु बढ्दै गएपछी बस्नेतकै पहलमा प्रदेश सरकर बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान र धरान उपमहानगरपालिका सँग समन्वय गरेर बि.पि. अस्पताल, धरान ८ स्थित सभागृह, पुरानो हस्पिटल छाता चौकमा स्वास्थ्य शिविर स्थापना गरेर निशुल्क उपचार र औषधी बितरण भईरहेकोछ । यसैगरी धरानका बिभिन्न वडाहरुले आफ्नै तवरले वडाबासीलाई सेवा दिइरहेका छन भने धरान १४ र धरान १३ ले आफ्नो वडाबासीलाई मात्र नभएर अन्य वडाबाट आउने बिरामीहरुलाई पनि डेङ्गुको निशुल्क परीक्षण र उपचार गरिरहेको छ । आज विरामीको अवस्था र अस्पतालको व्यवस्थापनको अनुगमन गर्नको निम्ति कोशी प्रदेश सांसद रमेश कुमार वस्नेत र विजय राई सहित धरान उपमहानगरपलिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता सहित स्वास्थ्यकर्मीको टोलीले अनुगमन गरेको छ ।
अनुगमनपछी संचारकर्मी सँग संक्षिप्त कुराकानी गर्दै बस्नेतले डेंगुको नियन्त्रण विरामीको औषधी उपचारको व्यवस्थामा कुनै कसुर वाँकी नराख्नको लागि स्थानीय सरकार ,प्रदेश सरकार लागि परेको वताए । विरामीको औषधी उपचार र डेङ्गु नियन्त्रण गर्नको लागि कुनै कसुर वाँकी नराखी लागि पर्न पनि आग्रह पनि गरेका छन । डेङ्गुका बिरामीहरु घट्ने भन्दापनी दिनानुदिन बढीरहेका छन, अब को यहाँको पहल के हुनेछ भन्ने संचारकर्मीको जिज्ञासामा बस्नेतले भने विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, धरान उपमहानगरपालिका,स्वास्थ्य महाशाखा लगायत सरोकार राख्नेसँग समन्वय र सहकार्य गर्दैछौ, औषधीको व्यवस्थापन,स्वास्थ्य कर्मचारीको व्यवस्था लगायतको लागि प्रदेश सरकार र केन्द्रिय सरकारको पनि ध्यानाकर्षण गराउँदै आएका छौ र सोही अनुसारको व्यवस्था गर्न लागि परेका छौ । उनले धरानमा ४ बर्षपछी पुन डेङ्गुका संक्रमितहरु संख्यात्मक रुपमा बढीरहेकोले धरानलाई डेङ्गुग्रस्त क्षेत्र घोषणा गर्न केन्द्रिय सरकार सँग माग गरेको बाताएका छन ।