पछील्लो समय डेंगुको बिरामी बढ्दै गएको धरानमा भोली असार १५ गतेबाट डेंगु नियन्त्रणको लागी सर्च एण्ड डिस्ट्रोय अभियान सुरुहुने भएकोछ । धरानका केही वडाहरुले ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सुरु गरिसके पनि भोली असार १५ गतेबाट भने सबै वडाबाट एकैसाथ यो अभियान सुरु गर्न लागिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । मेहताका अनुसार सबै वडाका वडा अध्यक्ष , टोल बिकास संस्थाका अध्यक्षहरु सँगको छलफल पछी अभियानलाई कसरी प्रभावकारीरुपमा अगाडी बढाउन सकिन्छ भनेर छलफल हुने छ ।
धरानमा पाँच वर्षपछि पुनः डेंगु रोगको संक्रमण फैलिएको हो । ५ बर्ष अघी धरानमा डेंगुको ठुलो महामारीनै थियो । अहिलेपनी धरानका धरैजसो वडामा डेंगु संक्रमणका बिरामी हरु बढदै गएपनी सयको हाराहारीमा मात्र चेकजाच गरेको तथ्याङ्क रहेको मेहताले जनाए । हप्ता दिनदेखि डेंगु रोगको संक्रमण फैलँदा समेत यसको नियन्त्रणमा सम्बन्धित निकायले चासो नदिएको स्थानीयले गुनासो पोख्दै आएकाछन ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।