सामान्यतय आन्दोलन या बिरोध गर्न मानिसहरुको ठुलो भिड चाहिन्छ अझ भनौ युवाशक्ती चाहिन्छ । सरकारको बिरोध गर्न होस या सरकारले ल्याएको जनतालाई असहज हुने निती नियमको बिरोध गर्न आन्दोलन गर्न बिभिन्न पार्टी संगठन को ठुलै जत्था हुल चाहिन्छ । तर बिराटनगरमा भने एक युवाले बिगत दुई महिनादेखी एक्लै आन्दोलन गरिरहेकाछन । चिटिक्क परेको एक ह्यान्डसम युवा कृष्ण अटल बिराटनगर स्थित व्यस्त बजार ट्राफिक चोकमा उभिएर धर्ना दिइ रहेकाछान । उनको यो दुइमहिना देखी दैनिकी जस्तै भैरहेकोछ । आफूले सञ्चालन गर्दै आएको व्यवसाय चटक्कै छोडेर दैनिक दिउँसो २ बजेदेखि ४ बजेसम्म विराटनगरको व्यस्त बजार ट्राफिक चोकमा उभिएर धर्ना दिइरहेका छन् उनी । उनलाई मासिक एक लाख, दुई लाख कमाउन समस्या छैन । उनलाई राजनीतिको रहर लागेको पनि होइन । तर, ‘देशको माया लागेको’ उनी बताउँछन् ।
विराटनगरको केन्द्रमा पर्ने ट्राफिक चोकमा उनी उभिएकै ठाउँबाट दैनिक सयौँ मानिस ओहोरदोहोर गरिरहन्छन् । कोही पैदल हिँड्छन्, कोही सवारी साधनमा हिँड्छन् । कतिपयले सोध्छन्, चासो दिन्छन् । तर, उनलाई अहिलेसम्म कुनै पनि सरकारी निकायले गम्भीरतापूर्वक सोधेका छैनन् । सबै आ–आफ्ना धुनमा छन् । ट्राफिक चोकमा ट्राफिक प्रहरी कार्यालय छ । उक्त कार्यालयको उत्तरपट्टी आन्तरिक राजस्व मोरङको कार्यालय छ । राजस्व कार्यालयकै पूर्वतर्फ वालमा ६१ दिन यता उनी दैनिक दुई घण्टा धर्नामा बसिरहेका छन् । उनी कराउँदैनन्, चिच्याउँदैनन्, हुलहुज्जत पनि गर्दैनन् । तर, उनलाई आशा छ, ‘यसैगरी म मेरो माग पूरा गराउँछु ।’२०८० मङ्सिर १३ गते (२९ नोभेम्बर २०२३) देखि शनिबार बाहेक उनी धर्ना दिइरहेका छन् । ‘भ्रष्टाचार विरुद्ध आन्दोलन’ शीर्षक र ‘आम नेपाली’को नाम दिएर उनले थालेको आन्दोनल फरक छ । माग पनि फरक छन् । उनले राखेका चारवटै माग आर्थिक विषयसँग सम्बन्धित छन् । जसमा सबै प्रकारका प्रचलित कर खारेज गर्नुपर्ने, बैंकिङ कारोबार कर प्रणाली लागु गर्नुपर्ने, १ सयभन्दा माथिका सबै मुद्रा प्रतिबन्धित गर्नुपर्ने र प्राकृतिक सन्तुलन बिग्रनेगरी हुने सबै प्रकारका निर्माण कार्य बन्द गर्नुपर्ने उल्लेख छन् ।
रातोपाटीमा खबर छ ।