Wednesday, December 3, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरानका सहकारीकर्मीहरुको दुइदिने पदयात्रा

धरानभरीका सहकारीकर्मीहरुले दुईदिन सम्म पैदल यात्रा गरेका छन ।

हंगामा खबर by हंगामा खबर
२०७९ फाल्गुन २५ गते १८:१४ बजे प्रकाशित
in FEATURE, हंगामा विशेष
0
धरानका सहकारीकर्मीहरुको दुइदिने पदयात्रा
90
SHARES
Share on FacebookShare on Twitter

धरानभरीका सहकारीकर्मीहरुले दुईदिनसम्म पैदल यात्रा गरेका छन । धरान नगर सहकारी समानव्य समिती र जिल्ला सहकारी संघ लिमिटेडको संयुक्त्त आयोजनामा ‘पर्यटन प्रबर्द्दनमा सहकारी’ भन्ने नारा लिएर २२ र २३ गते दुइदिने पैदल यात्रामा निस्किएको धरान भरीका सहकारीकर्मीहरुको पदयात्रा धरानबाट सुरु भएर धनकुटाको सागुरीगढीमा गएर समापन भएको पैदल यात्रा संयोजक उमेश पौडेलले जानकारी दिए । धरान र सुनसरीमा रहेका सहकारीहरुको आत्मिय एकता कायम गर्दै स्थानीय पर्यटन प्रबर्द्दनमा टेवा पुगोस भन्ने उद्देश्यले पैदल यात्रा गरिएको पौडेलले जानकारी दिए । सुन्दर नगरी धरान र सागुरीगढी यती नजिक हुँदा हुँदै पनि स्थानीय सरकार र सम्बन्धित निकायको ध्यान नपुग्दा सम्भावित पदमार्गको पहिचान होस् भन्ने उद्देश्य र योजना बनाएर पदयात्रा गरिएको पौडेलको भनाइ छ ।

ADVERTISEMENT


धरानभरीका चलायमान सहकारीहरुका संचालक समितीका अध्यक्ष , उपाध्यक्ष सदस्यहरु सहित ५२ जना सहभागि रहेको पद यात्राको रुट धरानको भानु चौक , छाता चौक , फुस्रे हुदै पुरानो पहाडी मार्ग चिउरी बासको बाटो हुदै सागुरीगढी , भेडेटार हुदै नाम्जे सम्मको रहेको बिजयपुर सहकारी संस्थाका अध्यक्ष तथा दुइदिने पदयात्रा कार्यक्रमका सह संयोजक नविन मेन्याइंबोले जानकारी दिए । पद यात्रामा निस्कनु अघी पद यात्राको औपचारिक उदघाटन गरिएको थियो । यात्राको उदघाटन प्रमुख अतिथी राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा धरान उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष नरेश कुमार ईवारमले ब्यानर पढेर उदघाटन गरेका थिए । धरानबाट पैदल निस्केको टोली करिव ९ घण्टाको पैदल यात्रा पछी अन्तिम गन्तव्य नाम्जे पुगेको मेन्याङ्बोले जानकारी दिए । पैदल यात्री टाेलीलाई नाम्जे थुम्की कम्युनिटी होमस्टेका अध्यक्ष सहितको टिमले भब्य स्वागत गरेका थिए ।


होम्स्टेमा ५२ जनाको टोलिको स्वागत सम्मानमा नाम्जे हाेम स्टेमा साँस्कृतिक कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा स्थानीय मगर जातिको हुर्रा नाचका प्रस्तुत गरिएको थियो । साँस्कृतिक कार्यक्रम संगै मिसन लामाको सभापतित्व , सारदा थापा मगरको प्रमुख अतिथ्यता र दिनेस श्रेष्ठको बिशेष अतिथ्यतामा एक कार्यक्रमगरी धरानका पुराना सहकारीकर्मीले सागुरीगढी गाउपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीलाई समितिको तर्फबाट बधाई तथा शुभकामना पत्र हस्तान्तरण गरेका थिए । कार्यक्रम संचालन सह संयोजक नविन मेन्याङवोले   गरेका थिए । पैदल यात्राको दोस्रो दिन अर्थात फागुन २३ गते विहान समापन भएको थियो । समापन पछी घर फर्किएको टोलीका सदस्यहरुले ९ घण्टा सम्मको उकालो पैदल यात्रा मा ७४ बर्षे जेष्ठ हरिहर प्यारा श्रेष्ठले दिएको साथको खुलेर प्रसंशा गरेका थिए ।

 

Previous Post

राष्ट्रपति चयनका लागि आज चुनाव हुँदै

Next Post

नवनिर्वाचित राष्ट्रपती पौडेलद्वारा प्रमाणपत्र ग्रहण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist