नेपालको तेस्रो राष्ट्रपती चयनका लागी आज चुनाव हुँदैछ । मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचन आयोगले चुनावको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । काठमाण्डौको नयाँ बानेश्वरमा रहेको संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो । सङ्घीय संसद् र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र निर्माण गरिएको छ । दिउँसो ३ बजे मतदान कार्य सम्पन्न भएसँगै मतगणना कार्य सुरु गर्ने र बेलुका आठ बजेभित्र परिणाम घोषणा गर्ने गरी तयारी गरेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिएकाछन ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।