Tuesday, December 2, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

१० दिने धरान एक्स्पो – २०७९ सम्पन्न

हंगामा खबर by हंगामा खबर
२०७९ फाल्गुन २१ गते ०८:११ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
१० दिने धरान एक्स्पो –  २०७९ सम्पन्न
48
SHARES
Share on FacebookShare on Twitter

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा गत फागुन ११ बाट धरान रङ्गशालामा सुरु भएको एक्स्पो दुई करोड बढीको कारोबार गर्दै सम्पन्न भएको छ । सुनसरीको व्यवसायीक, व्यापारिक, कृषि, औद्योगिक, शैक्षिक, साहित्यिक, सूचना तथा प्राविधिक र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालन भएको धरान एक्स्पो २०७९ को औपचारिक समापन भएको छ ।एक्स्पोको समापन नेपाल सरकारका सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यमा समापन गरिएको हो । समापन समारोहमा पर्यटनमन्त्री किराँती, कोशी प्रदेशका निवर्तमान सभामुख प्रदीपकुमार भण्डारी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व वाणिज्य मन्त्री मीन विश्वकर्मा, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ, उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।


समापन कार्यक्रमका प्रमुख अतिथि मन्त्री किराँतीले धरानको साख फर्काउन यस्ता खालको एक्स्पो केही हदसम्म सहायता गरेपनी अझ बढी बिकास गर्नको लागी धराने जनता उधोग व्यवसायी लगायत सबै लाग्नु पर्ने आवश्यकता औल्याए । पछिल्लो समयमा धरानमा केही छैन भन्ने तर्क हाबी भइरहेको भन्दै मन्त्री किराँतीले दृष्टिकोण परिवर्तन गर्न सबैलाई आग्रह गरे । ‘धरानमा केही पनि छैन भन्ने एक किसिमको तर्क धेरै हाबी हुन थालेको छ । यसलाई सबै मिलेर चिर्न आवश्यक छ’ मन्त्री किराँतीले भने, ‘धरानमा केही छैन भन्दा पनि के चाहीँ छैन ? भन्ने दृष्टिकोण सबैले बनाउनु पर्छ ।’लाहुरेको सहर, फेसनको सहर, कला–सँस्कृतिको सहरका रुपमा परिचित धरानको चौतर्फी विकासमा सबैले हातेमालो गर्नुपर्नेमा उनले जोड दिए । धरान एक्स्पो लगायतका प्रदर्शनीले उत्पादनको बजारीकरणमा सहयोग गर्ने र नयाँ उद्यमीलाई स्थापित ब्राण्डबाट अनुभव लिन सहयोग गर्ने भएकाले यसको आवश्यकता र औचित्य बढ्दै गएको उनले बताए । धरान नभई नेपालको इतिहास र नेपाल अपुरो हुन्छ भन्ने विश्वास सबै धरानवासीमा जागृत हुन आवश्यक रहेको मन्त्री किराँतीले औँल्याए ।‘धरान हुँदै रानीलाई किमाथाङ्गसँग जोड्ने सडक, चतरा, तमोर कोरिडोरले धरानको विकास कुरिरहेको छ । हामी आत्तिनु पर्ने अवस्था छैन’ मन्त्री किराँतीले भने, ‘विकासका लागि आवश्यक बहस, विचार, विमर्श गर्दै निष्कर्ष निकाल्नु पर्छ । धरान, सुनसरी क्षेत्रको सर्वाङ्गीण विकास सम्भव छ ।’

एक्स्पोका अतिथि मीन विश्वकर्माले सुन्दर धरानलाई विकासमा सुन्दर बनाउन नसकेको तर्क गर्दै यसतर्फ सबैले आवश्यक ध्यान दिन आग्रह गर्दै पर्यटनमन्त्री किराँतीको ध्यानाकर्षण गराए ।‘सुन्दर धरानलाई विकासमा सुन्दर बनाउन सकेनौँ । यसतर्फ सबैले ध्यान दिन आवश्यक छ’ उनले अघि भने, ‘पर्यटन मन्त्रीले धरानको विकासमा सहयोग गर्नुहुनेछ भन्ने मलाई पूर्ण विश्वास छ ।’प्रकृतिले धरानलाई सबै कुरा दिएको र उद्योग वाणिज्य लगायत संघ संस्थाले समृद्धीका लागि निरन्तर प्रयास गरिरहेको भएपनि दलीय मतभेद–विरोध, संघीय, प्रदेश सरकारको योजनभित्र धरान–सुनसरी क्षेत्र नभएको कारण यस क्षेत्रको विकास हुन नसकेको विश्वकर्माले तर्क गरे ।

ADVERTISEMENT

धरान–सुनसरी क्षेत्रको उत्थानका लागि सबै जुट्न आग्रह गर्दै उनले धरान एक्स्पोका आयोजक सुनसरी उद्योग वाणिज्य संघलाई विशेष धन्यवाद दिए । ‘उद्योग वाणिज्य संघलाई विशेष धन्यवाद ! समग्र राष्ट्रमा आर्थिक मन्दी, वित्तिय संस्थाले उद्योग–धन्दा, व्यापारीको मर्का नबुझेको बेला, प्रतिकुल कर्मचारीतन्त्र रहेको अवस्थामा पनि यस क्षेत्रको आर्थिक गतिविधि चलायमान गर्न एक्स्पो सञ्चालन गर्ने जोखिम लिनु भएको छ’ पूर्व मन्त्री विश्वकर्माले बने, ‘जोखिम लिएर सफल हुनुभएको बधाई छ । सबै आयोजक, व्यवस्थापक साथीलाई धन्यवाद र बधाई !’नीजि क्षेत्रको व्यापारिक प्रवद्र्धन गर्ने फरक उद्देश्यसहित आयोजना गरिएको एक्स्पो सफलतापूर्वक सम्पन्न भएकोमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले आयोजक र अवलोकनकर्तालाई बधाईसहित धन्यवाद ज्ञापन गरेका छन् ।
एक्स्पोले रैथाने उत्पादनको बजारीकरणमा पुर्याएको सहयोग र अन्य स्थानका उत्पादन र उद्यमी धरान आउँदा त्यसले पार्ने सकारात्मक प्रभावको बारेमा उनले खुलेर प्रशंसा गरे ।


‘एक्स्पोले रैथाने उत्पादनको बजारीकरण, व्यवसायीकरणमा सहयोग पुर्याएको छ । त्यसबाहेक अन्य क्षेत्रका उद्यमी यहाँ आउँदा वहाँहरु सँगै धरानमा सीप, उत्पादन, उद्यमशीलता पनि आएको छ । यसले पार्ने सकारात्मक प्रभाव सराहनीय छ’ प्रमुख साम्पाङले भने, ‘एक्स्पो अवधिभर आर्थिक कारोबार पनि राम्रो भएको जानकारी प्राप्त भएकाले आयोजकलाई बधाई तथा कार्यक्रम आयोजना गर्नुभएकोमा धन्यवाद !’ धरानबाट नेपालमा श्रम संस्कृति सुरु भएको भन्दै मेयर साम्पाङले देशभर यसको बजारीकरण गरिनुपर्नेमा जोड दिएका छन् ।
‘सबै मिलेर काम गरे मात्र समृद्ध नेपाल सम्भव छ । त्यसका लागि धरानमा श्रम संस्कृति सुरु भएको छ । यसको पनि बजारीकरण होस् भन्ने मेरो कामना छ’ मेयर साम्पाङले भने, ‘सँस्कृतिमन्त्रीले नेपाल सरकारमा र देशका अन्य विभिन्न स्थानमा श्रम सँस्कृतिको प्रचार गरिदिनुहोला ।’कल्पना गरिएको धरान र नेपाल सुन्दर भएको भन्दै उनले त्यसका लागि सबैले बोलीले मात्र नभई व्यवहारमा र कर्ममा इमान्दार भएर काम गर्नुपर्नेमा जोड दिए ।त्यस्तै, स्थानीय व्यवसाय र उत्पादनलाई प्राथमिकता दिइनुपर्ने विषयलाई बारम्बार प्राथमिता दिएका मेयर साम्पाङले धरानले त्यसको नेतृत्व गर्ने संकल्प समेत गरेका छन् ।


‘स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणलाई धरान सरकारले विशेष प्राथमिकता दिन्छ’ उनले भने, ‘ढुक्क हुनुस्, धरानमा नै उत्पादन हुने वस्तुका लागि स्थानीय सरकारले त्यसको प्रवद्र्धन, बजारीकरण, व्यवसायीकरणमा सहजकर्ताको भूमिका खेल्छ ।’
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष एवम् धरान एक्स्पोका संरक्षक विजय श्रेष्ठले एक्स्पोलाई एक लाख बढी अवलोकनकर्ताले अवलोकन गरेको र दुई करोड बढीको कारोबार भएको जानकारी दिए । एक्स्पोको समापन समारोहमा बोल्दै उनले एक्स्पो आयोजक संघले धरान, सुनसरी र समग्र कोशी प्रदेशमा लगानी भित्र्याउने गरी तयारी गरिरहेको बताए । ‘हामीले एक्स्पो अवधिभर पनि विभिन्न तरिकाले यस क्षेत्रमा लगानी भित्र्याउने प्रयास गर्याैँ’ संरक्षक श्रेष्ठले भने, ‘अब एक्स्पो समापन भएपछि पनि यसले निरन्तरता पाउनेछ । धरानमा लगानी गर्न वातावरण मिलाउन स्थानीय सरकारसँग समन्वय भइरहेको छ ।’ फरक (डोम) प्रविधिसहित विगतमा भइरहने स्थानभन्दा फरक ठाउँमा एक्स्पो आयोजना गरिएता पनि अवलोकनकर्ताले उल्लेखनीय सहभागिताले आफूहरुलाई थप जोश प्राप्त भएको भन्दै उनले सबैलाई धन्यवाद ज्ञापन गरे ।


‘भानुचौक मात्र धरान होइन, धरानका कुनाकुना विकास गरिनुपर्छ, विस्तार हुनुपर्छ भनेर हामीले पहिले गरिरहने ठाउँबाट एक्स्पोलाई सारेर धरान रङ्गशालामा सञ्चालन गर्याैँ’ संरक्षक श्रेष्ठले भने, ‘पहिले अलिअलि डर थियो तर तपाईँहरुको सहभागिताले हामीलाई थप हौसला दिएको छौँ । अर्काे पटक हामी अझै व्यवस्थित र भव्य एक्स्पो आयोजना गर्नेछौँ ।’कार्यक्रममा एक्स्पोका प्रायोजक र सहयोगी संस्थाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फागुन ११ गते औपचारिक उद्घाटन गरेको एक्स्पोमा नेपाल, भारत, बंग्लादेश र पाकिस्तानका गरी एक सय ३० स्टल प्रदर्शनीमा राखिएको थियो ।
दश दिनसम्म आयोजित एक्स्पोलाई धरान उपमहानगरपालिका र कोशी प्रदेशको विशेष सहयोग रहेको थियो । एक्स्पोको प्रायोजकका रुपमा मितेरी डेभ्लप्मेन्ट बैंक, सानिमा लाइफ इन्स्युरेन्स, बेबी आइसक्रिम, आईएमई, टुबोर्ग, निक, एसपीएल, ह्युन्डाई, लक्ष्मी, त्रिवेणी ग्रुप, सेन्चुरी मसला, यती कार्पेट, अन्नपूर्ण सिमेन्ट, नेपाल टेलिकम, बागमती प्लास्टिक, राष्ट्रिय वाणिज्य बैंक, पिएलओ ल्युब्रिकेन्ट्स, खुकुरी रम, डिभाइन वाइन, सिटिजन्स बैंक, मारुती सिमेन्ट, आरती स्टिल्स, नबिल बैंक, रमपम, एनएमबी बैंक रहेका थिए ।धरान एक्स्पो २०७९ सफल सञ्चालनका लागि नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग वाणिज्य महासंघ (कोशी प्रदेश), रोट्याक्ट क्लब अफ धरान घोपा, दुहबी नगरपालिका, इनरुवा नगरपालिका, अर्जुनधरा नगरपालिका, साँगुरीगढी गाउँपालिका र बराहक्षेत्र नगरपालिकाको सहयोग विशेष रहेको थियो ।

Previous Post

काठमाडौं वर्ल्ड स्कुलको एजुकेशनल टुर धरानमा , शाखा खोल्न सुझाव

Next Post

ओखलढुंगाको दियालेमा जिप दुर्घटना २ जनाको मृत्यु १२ घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist