नेपालका ७ प्रदेश मध्ये नामकारण हुन बाकी प्रदेश नम्बर १ ले अन्तत बहुमतका साथ ‘कोशी’ नाम प्राप्त गरेकोछ । बुधवार प्रदेश सभाको दोस्रो सभाले नेकपा एमालेको प्रस्तावमा दुई तिहाई मतभन्दा बढी मतले ‘कोशी’ नाम पारित भएको छ । प्रदेशको नाम कोशी प्रदेश हुनुपर्ने नेकपा एमालेले संसद सचिवालयमा आज बिहान दर्ता गरेको थियो । उक्त प्रस्तावको पक्षमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाले समर्थन गरेका हुन् । उक्त प्रस्तावमा मत विभाजन हुँदा सभामुख बाहेक ९२ जना सांसदमध्ये पक्षमा ८२ मत र विपक्षमा ४ मत प्राप्त गरेको छ भने ६ जना अनुपस्थित रहेका छन् । दुईवटा संविधानसभा र एउटा प्रदेशसभाले पार लगाउन नसकेको प्रदेश १ को नामको टुंगो प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनबाटै लागेको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।